PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

विश्वप्रकाशले भने : कोशीमा कांग्रेसले आजै सरकार बनाउँछ



पहिलोपोस्ट

विश्वप्रकाशले भने : कोशीमा कांग्रेसले आजै सरकार बनाउँछ

काठमाडौं : कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ। प्रदेश प्रमुख परशुराम खापुङ्गले असार १७ मा सरकार गठनका लागि ५ दिनको समय दिएर दलहरुलाई आह्वान गरेका थिए।

आज नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्न लागेको जानकारी दिए।

'आज अपरान्हसम्म कांग्रेसले सरकारमा दाबी गर्छ,' सानेपामा आयोजित जिल्ला सभापतिको भेलामा शर्माले भने। सत्ता गठबन्धनको असार १७ गतेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

संविधानको धारा १६८(२) अनुसार दुई दल मिलेर सरकार गठनका लागि आह्वान भएको हो। असार १५ मा नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो। ९३ सदस्यीय प्रदेश सभामा उनलाई विश्वासको मतका लागि ४७ मत आवश्यक थियो। तर उनले ४६ मत मात्रै पाए। त्यतिबेला गठबन्धनको पक्षमा ४३ मत पर्‍यो। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका संसदको संख्या ४६ छ। त्यहाँ गठबन्धनले ६ सिट रहेको राप्रपलाई पनि आफ्नो पक्षमा उभ्याउने प्रयास गरिरहेको छ। कोशी प्रदेशमा ४० सदस्य रहेको एमाले पहिलो ठूलो दल हो। १६८(२) अनुसार सरकार गठन हुन नसके १६८ (३) अनुसार सरकार एमालेको सरकार बन्ने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell