PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

किशोरी करणी प्रकरण : कसरी मुछियो एलओडी क्लब?



पहिलोपोस्ट

किशोरी करणी प्रकरण : कसरी मुछियो एलओडी क्लब?

काठमाडौं : काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लबका सञ्चालक विरुद्ध प्रहरीले जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक दिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गर्न अनुमति लिएको हो। उनीहरुलाई पक्राउ गर्नेुको पछाडि जोडिएको घटना बलात्कार घटना जोडिएको छ। तर उनीहरु विरुद्ध भने बालबालिक ऐन विपरीत गएर क्लबमा किशोरीलाई प्रवेश दिएको अभियोग लगाइएको छ।

'आवश्यक परेर पक्राउ पुर्जी लिएको हो। उहाँहरुलाई बलात्कारको मुल मुद्दा जोडिएको होइन,' एक प्रहरी अधिकृतले भने।

घटना जेठ ३१ गतेको हो। बिहानको समयमा १६ वर्षीया किशोरी बलात्कृत भएकी थिइन्। उनलाई ५० वर्षीय पुरुषले ललितपुरको बागडोल पुर्‍याएर करणी गरेको उजुरी प्रहरीमा पुग्छ। प्रहरीले पुरुषलाई पक्राउ गरिसकेको छ। त्यसपछि अनुसन्धान गर्ने क्रममा घटना एलओडी जोडिन पुगेको हो।

अभियुक्तले १६ वर्षीय किशोरीलाई एलओडी क्लबबाट फकाएर ललितपुर पुर्‍याएर करणी गरेको खुलेको थियो। घटनास्थल एलओडी पनि होइन। यस घटनामा अर्को मुद्दा आकर्षित भएको हो। १६ वर्षीया किशोरीलाई क्लबमा छिर्ने अनुमति किन दियो?

घटना काठमाडौंमा भएकाले ललितपुर प्रहरीले थप अभियुक्तलाई पक्राउ गरेर काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell