PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेदरल्यान्ड्सका कक्षा कोठामा मोबाइल फोन र स्मार्टवाचको प्रयोगमा प्रतिबन्ध



पहिलोपोस्ट

नेदरल्यान्ड्सका कक्षा कोठामा मोबाइल फोन र स्मार्टवाचको प्रयोगमा प्रतिबन्ध
Photo : Reuters

नेदरल्यान्ड्स सरकारले विद्यालयका कक्षा कोठामा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। विद्यालयहरुसँग समन्वय गरेर अर्को वर्षदेखि यो नियम लागू गर्ने निर्णय गरिएको हो।

तर, यो नियम स्वास्थ्य समस्या भएका, अपाङ्गता भएका विद्यार्थी र 'डिजिटल स्किल' सिकाउने कक्षामा भने लागू हुने छैन

'मोबाइल फोन हाम्रो जिन्दगीसँग गाँसिएको छ। तर मोबाइल कक्षा कोठामा चाहिँदैन,' त्यहाँका शिक्षा मन्त्री रोबर्ट डिजक्ग्राफले भने। उनले कक्षा कोठामा विद्यार्थीहरुले पढाइमा ध्यान दिनुपर्ने बताए। मोबाइल फोनको प्रयोगले विद्यार्थीहरुको ध्यान पढाइमा नरहने गरेको वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको उनले बताए।

मोबाइल फोनसँगै नेदरल्यान्ड्स सरकारले कक्षाकोठामा ट्याबलेट र स्मार्टवाचको प्रयोगमा पनि रोक लगाएको छ। यद्यपि, यो नियमको पूर्ण पालना गराउने विषय विद्यालय र अभिभावकहरुमा पनि  निर्भर हुनेछ।

यो नियम सन् २०२४ देखि सुरु हुने र सो वर्षको शैक्षिक सत्रको अन्त्यमा 'रिभ्यू' हुनेछ। यो नियमले विद्यार्थीहरुमा आउने फरकपन र प्रतिबन्धको असर अनुसन्धान गरि यसलाई निरन्तरता दिने नदिनेबारेमा निर्णय हुनेछ।

गत हप्ता फिनल्यान्ड सरकारले पनि यसै प्रकारको निर्णय घोषणा गरेको थियो। विद्यालयमा फोनको प्रयोगलाई रोक्न कानुन परिवर्तन गर्ने फिनल्यान्डले घोषणा गरेको थियो। इङ्ल्याण्ड र फ्रान्सले पनि बालबालिकाको सिकाइमा असर नपरोस् भन्ने उद्देश्यले मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell