PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग पर्यटन मन्त्रालयले माग्यो स्पष्टीकरण नदिनुको कारण



पहिलोपोस्ट

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग पर्यटन मन्त्रालयले माग्यो स्पष्टीकरण नदिनुको कारण

काठमाडौं : पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग माग गरेको स्पष्टीकरण नदिएकोमा थप कारण मागेको छ। मन्त्रालयले महानिर्देशक अधिकारीले यसअघि दिइएको सात दिनको अवधिमा स्पष्टीकरण नबुझाएको भन्दै कारण मागेको हो।

पर्यटन मन्त्री सुदन किरातीको सचिवालयले दिएको जानकारी अनुसार यसका लागि महानिर्देशक अधिकारीलाई तीन दिनको अवधि दिइएको छ। गत असार ११ गते मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत महानिर्देशक अधिकारीसँग ९ वटा प्रश्न गर्दै स्पष्टीकरण मागेका थिए।

‘सात दिनको समय राखि सोधिएको प्रश्नको जवाफ नआएपछि हिजोको मन्त्रीस्तरीय निर्णयअनुसार के कति कारणले जवाफ नपठाएको हो। स्पष्ट जवाफ तीन दिनभित्र लेखेर पठाउन अनुरोध गरिएको छ,’ सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell