PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

गगन र विश्वप्रकाशको नेतृत्वमा सानेपामा सुरु भयो कांग्रेसका जिल्ला सभापतिहरुको बैठक



समर्थ रञ्जित

गगन र विश्वप्रकाशको नेतृत्वमा सानेपामा सुरु भयो कांग्रेसका जिल्ला सभापतिहरुको बैठक

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक बिहीवार सानेपामा सुरु भएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बैठक सुरु भएको हो।

बैठकमा देशभरका जिल्ला कार्यसमितिका सभापतिहरु सहभागी छन्। भौतिक रुपमा उपस्थित हुन नसकेका जिल्ला सभापतिहरु ‘भर्चुअल’ रुपमा जुमबाट सहभागी भएका छन्।

बैठकमा क्रियाशील सदस्यताबारे छलफल हुने बताइएको छ। सो क्रममा नीति अधिवेशनबारे पनि छलफल हुनेछ।

कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक डाकेको छ। यो बैठकले नीति अधिवेशनको मिति टुंगो लगाउने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell