PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मध्ये असारमा कांग्रेसका जिल्ला सभापतिहरुलाई काठमाडौं किन बोलाए दुई महामन्त्रीले?



पहिलोपोस्ट

मध्ये असारमा कांग्रेसका जिल्ला सभापतिहरुलाई काठमाडौं किन बोलाए दुई महामन्त्रीले?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यताबारे छलफल जारी राखेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहिवार दिउँसो शुरु भएको बैठकमा अनलाइन सदस्यतादेखि मेचीकाली अभियानबारे परामर्श चलिरहेको प्रचार विभागका संयोजक मीन विश्वकर्माले जानकारी दिए। 'पार्टीका जिल्ला सभापतिहरुसँग महामन्त्रीद्वयले अनलाइनबाटै सदस्यता लिने विषयदेखि मेची महाकाली अभियानको कार्ययोजनाबारे परामर्श लिँदै हुनुहुन्छ,' बैठकको ब्रिफिङ गर्दै विश्वकर्माले भने।

यी हुन् छलफलका चार विषय

  • कांग्रेसको सदस्यता बन्न चाहने कुनै पनि व्यक्तिले सदस्यता सहजै लिन सकिने। त्यो मोबाइल एप्सबाट पनि लिन सकिने व्यवस्थाबारे जानकारी
  • नेपाली कांग्रेसको क्रियाशीलता प्रत्येक वर्ष नवीवरण गर्नुपर्ने हाम्रो विधानमा उल्लेख छ। तर महाधिवेशनको संघारमा मात्र नवीकरण हुँदै आएको छ। त्यस्तो नहोस् भनेर अब हरेक वर्ष नवीवरण गर्न मिल्नेगरी अनलाइनबाटै व्यवस्था गर्ने विषयमा
  • नयाँ क्रियाशीलता कसरी प्राप्त हुन्छ? पार्टी सदस्यता लिएको कति समयपछि क्रियाशिलता लिने भन्ने विषयमा केन्द्रीय कार्यालयले पारित गरेपछि हुन्थ्यो। अब यो विवादरहित हुने गरी परामर्श
  • मेची महाकाली अभियानलाई देशै भरी लैजाने कार्ययोजना बन्दैछ। यस विषयमा पनि सभापतिहरुसँग परामर्श जारी।

बैठकमा ६५ भन्दा बढी जिल्ला सभापतिहरुको सहभागिता रहेको विश्वकर्माले बताए। यद्यपि बैठक शुरु हुँदा ३० जिल्लाका सभापति पनि कार्यक्रमस्थलमा थिएनन्। मध्य असार परेकाले कांग्रेस जिल्ला सभापतिहरु बैठकमा उपस्थित हुन नसकेको बताइएको छ।

यता कोशीमा सत्तामा जाने प्रयासमा लागेकोले जिल्ला सभापतिहरु उपस्थित हुन नसकेको बताइएको छ। बैठक शुरु हुँदै गर्दा उपस्थिति कम देखेपछि महामन्त्री विश्वप्रकाश शर्माले जुमबाट पनि जिल्ला सभापतिहरु जोडिने बताएका थिए। भौतिक रुपमा उपस्थित हुन नसक्नेहरु भर्चुअल रुपमा जुमबाट जोडिएको प्रचार विभागका संयोजक विश्वकर्माले बताए। 'बाढीपहिरोका बाबजुद् जिल्ला सभापतिहरु आउनुभएको छ। कतै जिल्ला सभापतिहरु मन्त्री हुनुहुन्छ। कोही सांसद हुनुहुन्छ, त्यसैले उहाँहरु जुमबाटै जोडिनु भएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell