PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

एसईई उत्तिर्ण विद्यार्थीलाई ओलीको 'टिप्स' : अङ्कको आधारमा भन्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्नु



पहिलोपोस्ट

एसईई उत्तिर्ण विद्यार्थीलाई ओलीको 'टिप्स' : अङ्कको आधारमा भन्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्नु

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल आव सार्वजनिक भएको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ। प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो।

यसबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तिर्ण सबै विद्यालयलाई बधाई दिएका छन्। उनले अब कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई 'टिप्स' पनि दिएका छन्। उनले अब विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझाव दिएका हुन्।

'अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्,' ओलीले सामाजिक संजालमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell