PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने सरकारको तयारी, संसद्ले राख्यो सम्भावित कार्यसूचीमा



पहिलोपोस्ट

मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने सरकारको तयारी, संसद्ले राख्यो सम्भावित कार्यसूचीमा

काठमाडौंः सरकारले मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। बिहीबार बिहान बसेको सत्ता साझेदार दलहरुसँगको परामर्शपछि सरकारले विधेयक अघि बढाउन लागेको हो। विधेयकबारे छलफलका लागि अपराह्न मन्त्रिपरिषद् बैठक समेत बोलाइएको थियो। उक्त बैठकमा समेत विचाराधीन विधेयक अघि बढाउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए। 

वैशाख १७ गतेको सिफारिस अनुसार जारी अध्यादेश संवैधानिक व्यवस्था अनुसार बुधबार निष्क्रिय भएको थियो। अध्यादेश जारी भएपछि बसेको संसदमा पेस भई ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो। अध्यादेश निष्क्रिय भएलगत्तैको कानुनी शून्यता पूर्तिका लागि सरकारले विधेयक तत्काल अघि बढाउन लागेको हो। 

तर, विधेयक अघि बढाउने राजनीतिक परिस्थिति भने बनिसकेको छैन। 

प्रधानमन्त्री चयनसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले प्रतिनिधि सभामा अवरोध भइरहेको छ। प्रधानमन्त्रीको राजीनामा प्रतिपक्ष दलहरुले मागिरहेका छन्। बुधबारको बैठक पनि अवरोधकै कारण शुक्रबारसम्म स्थगित गरिएको थियो। 

सरकारको तयारी अनुसार नै प्रतिनिधि सभाले विधेयक पारितलाई शुक्रबारको सम्भावित कार्यसूचीमा राखेको छ। बिहीबार सार्वजनिक सम्भावित कार्यसूचीको पाँचौँ नम्बरमा विधेयक पारितको विषय समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell