हेटौँडाः वाग्मती प्रदेश सभाले आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको छ। बिहीबारको प्रदेश सभाले विनियोजन र आर्थिक विधेयक बहुमतले पारित गरेको हो।
विपक्षी दलहरुको असहमतिबीच बहुमतले विधेयक पारित भएको हो। बजेटमा नेकपा (एमाले), राप्रपालगायतका ४३ सांसद विपक्षमा थिए।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र अन्य सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीका ६७ जना सांसद बजेटको पक्षमा उभिएका थिए।
प्रदेश सरकारले असार १ गते ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।