PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

एलओडीका सञ्चालक सुवाल पक्राउ, करणी प्रकरणमा कसरी जोडियो क्लब?



पहिलोपोस्ट

एलओडीका सञ्चालक सुवाल पक्राउ, करणी प्रकरणमा कसरी जोडियो क्लब?

काठमाडौंः काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन्। बालुवाटारबाट सुवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

एक किशोरीमाथिको जबर्जस्ती करणीको जाहेरी अनुसन्धानको सिलसिलामा सुवाल पक्राउ परेका हुन्। अर्का सञ्चालक सञ्चालक दिलबल्लभ श्रेष्ठ भने फरार छन्। सुवालविरुद्ध करणीको जाहेरी भने परेको हैन। 

पक्राउको पछाडि बलात्कारको घटना जोडिएको छ। तर उनीहरु विरुद्ध भने नाबालिगलाई क्लबमा प्रवेश दिएको अभियोग लगाइएको छ।

घटना जेठ ३१ गतेको हो। बिहानको समयमा १६ वर्षीया किशोरी बलात्कृत भएकी थिइन्। उनलाई ५० वर्षीय पुरुषले ललितपुरको बागडोल पुर्‍याएर करणी गरेको जाहेरी प्रहरीमा पुग्छ। प्रहरीले पुरुषलाई पक्राउ गरिसकेको छ। त्यसपछि अनुसन्धान गर्ने क्रममा घटना एलओडी जोडिन पुगेको हो।

अभियुक्तले १६ वर्षीय किशोरीलाई एलओडी क्लबबाट फकाएर ललितपुर पुर्‍याएर करणी गरेको खुलेको थियो। घटनास्थल एलओडी पनि होइन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell