PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

तिलगंगा आँखा प्रतिष्ठानमा 'जयन्ती लम्साल फेलोसिप', शिक्षासेवीद्वारा ५१ लाखको अक्षयकोष स्थापना



पहिलोपोस्ट

तिलगंगा आँखा प्रतिष्ठानमा 'जयन्ती लम्साल फेलोसिप', शिक्षासेवीद्वारा ५१ लाखको अक्षयकोष स्थापना

काठमाडौं : शिक्षासेवी जयन्ती लम्सालको नाममा तिलगंगा आँखा प्रतिष्ठानमा ५१ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र जयन्ती लम्साल बिच 'जयन्ती लम्साल फेलोसिप कार्यक्रम' संचालन गर्ने सम्झौता भएको हो। फेलोसिप प्रदान गर्नका लागि कोषको व्यवस्था गर्न लम्सालबाट ५१ लाख रुपैयाँ प्रदान गरिएको हो। 

यसको ब्याज आम्दानीबाट अपुग रकम आँखा प्रतिष्ठानको आन्तरिक कोषबाट शोधभर्ना गरिने छ। सम्झौतामा जयन्ती लम्साल र डा सन्दुक रुइतले हस्ताक्षर गरेका छन्।

लामो समय शिक्षा सेवामा सक्रिय जयन्ती लम्साल चामुण्डा माध्यामिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश हुन्। सामाजिक क्षेत्रमा उनको सक्रियता जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell