काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। अहिले कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राती देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।