PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फ्राइडे रिलिज : आज प्रदर्शनमा आए दुई विदेशी फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिज : आज प्रदर्शनमा आए दुई विदेशी फिल्म

काठमाडौं: आज शुक्रवार नेपाली सिनेमाहलमा दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। हलिउड फिल्म ‘इनसिडियस: द रेड डोर’ र दक्षिण भारतीय फिल्म ‘स्पाई’  रिलिज भएका हुन्।

एक्सन र थ्रिलर जनरामा बनेको फिल्म ‘स्पाई’ मा ‘कार्तिकेय २’ फेम्ड निखिल सिद्धार्थ मुख्य भूमिकामा छन्। ग्यारी भा निर्देशित यस फिल्मको कथा अनिरुद्ध कृष्ण मुर्ति के र राजा शेखर रेड्डीले लेखेका हुन्।

फिल्मको कथा ‘जय’ नामको 'रिसर्चर अफिसर' वरिपरि घुम्छ। जसले कुख्यात व्यापारी र नेताजी ‘सुभाष चन्द्र बोस’ बिचको रहस्यमय सम्बन्धको पर्दाफास गर्छन्। देशलाई ठूलो खतराबाट जोगाउँदै सबै जोखिम मोल्न समेत तयार हुन्छन् उनी।

४० करोड भारतीय रुपैयाँमा बनेको यस फिल्ममा निखिलका साथै, इश्वर्या मेनन र आर्यन राजेशको पनि मुख्य भूमिका छ। भारतमा गत साता रिलिज भइसकेको यस फिल्मले राम्रै कमाई गरिरहेको छ।

हरर, मिस्ट्री र थ्रिलर जनरामा बनेको हलिउड फिल्म ‘इनसिडियस: द रेड डोर’ पनि आजबाट रिलिज भएको छ। पैट्रिक विल्सन निर्देशित यस फिल्ममा पैट्रिकका साथै रोज बायर्न, टाई सिम्पकिन्सको मुख्य भूमिका छ।

‘इनसिडियस: द रेड डोर’ इनसिडियस फ्रेन्चाइजको पाँचौं फिल्म हो। यस फिल्मको कथा ल्याम्बर्ट परिवारमा आधारित छ। जसलाई वर्षोसम्म एक डरलाग्दो घटनाले सताउँछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell