PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

घरमा श्रीमतीको हत्या, श्रीमानको शव रुखमा झुण्डिएको अवस्थामा फेला



पहिलोपोस्ट

घरमा श्रीमतीको हत्या, श्रीमानको शव रुखमा झुण्डिएको अवस्थामा फेला
फाइल फोटो

काठमाडौं : इलाममा एकजनाले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन्। माइजोगमाई-२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरि आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो। राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ।

गए राति करिब १०:३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताए। राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरी चौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।  

गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए।

पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell