PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सार्वजनिक गाडीमै लुटियो ७ हजार ४७ अमेरिकी डलर, चारजना पक्राउ



पहिलोपोस्ट

सार्वजनिक गाडीमै लुटियो ७ हजार ४७ अमेरिकी डलर, चारजना पक्राउ

काठमाडौं : ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (करिब ९ लाख ३० हजार रुपैयाँ) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

चोरी भएको जाहेरी परेपछि खोजतलासका क्रममा दुई लाख रुपैयाँ नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मङ्गललक्ष्मी श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनीहरूलाई प्रहरीले बिहिवार सार्वजनिक गरेर थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको थियो।

उनीहरूको साथबाट दुई लाख रुपैयाँ नगदसहित मोबाइल बरामद गरिएको छ।

डलर साट्ने कार्यमा भने मङ्गललक्ष्मी श्रेष्ठ संलग्न रहेको फेला पारेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई चोरीसम्बन्धी कसुरमा थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल बुझाइएको रेग्मीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell