PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अभिनेता सारुक ताम्राकारको निधन



पहिलोपोस्ट

अभिनेता सारुक ताम्राकारको निधन

काठमाडौं : अभिनेता सारुक ताम्राकारको निधन भएको छ। ताम्राकार रातोपुलस्थित घरमा झुन्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा उपनिरीक्षक सीताराम रिजालले जानकारी दिए।

'बिहीवार राती ११ बजे उहाँ आफ्नै घरमै झुन्डिएको अवस्थामा भेटिनु भएको हो। राति नै हाम्रो टोली गएर मुचुल्का गरेपछि शवलाई पोस्टमार्टमका लागि टिचिङ पठाएका छौं। घटना शंकास्पद छैन। तर, आत्महत्याको कारण भने खुल्न सकेको छैन,'  उनले भने।

३१ वर्षीय सारुक कलाकार सानु ताम्राकारका छोरा हुन। 'रानी' बाट डेब्यू गरेका उनले इन्टु मिन्टु लण्डनमा, मेरी मामु लगायतका फिल्ममा अभिनय गरेका थिए। उनको भुमिका रहेको फिल्म 'ह्याजट्याग माया' को भने आधा मात्रै छायांकन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell