PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

थ्रेड्सको 'ब्लकबस्टर लन्च' पछि ट्वीटरले मेटालाई दियो कानुनी कारवाहीको चेतावनी, मस्कले भने : प्रतिस्पर्धा ठिक छ, 'चिटिङ' होइन



पहिलोपोस्ट

थ्रेड्सको 'ब्लकबस्टर लन्च' पछि ट्वीटरले मेटालाई दियो कानुनी कारवाहीको चेतावनी, मस्कले भने : प्रतिस्पर्धा ठिक छ, 'चिटिङ' होइन
Photo : Gulf News

ट्वीटरलाई टक्कर दिँदै मेटाले बिहिवार 'थ्रेड्स' सार्वजनिक गर्‍यो। ट्विटरकै शैलीमा नयाँ प्लेटफर्म घोषणा गरेपछि यसको चर्चा अहिले विश्वभर छ। 'थ्रेड्स' लन्च भएको ७ घण्टामा नै १ करोड प्रयोगकर्ताले 'साइन अप' गरिसकेका थिए। कहिलै ट्विटर नचलाएकाहरु नै थ्रेड्समा आउन थालेपछि इलन मस्कलाई लिएर मिमहरु पनि बने।

मस्कले पछिल्लो समय ट्वीटरमा लागू गरेका नियमहरु प्रति प्रयोगकर्ता रुष्ट छन्। त्यसैले पनि मस्कलाई पाठ पढाउन भन्दै थ्रेड्समा 'साइन अप' गर्नेहरु धेरै थिए।

थ्रेड्सको डिजाइन हेर्दा ट्वीटरकै जस्तो छ। जसकारण प्रयोगकर्ताहरुले मार्क जुकरबर्गको पनि मिम बनाइरहेका छन्। उनले ट्वीटरको 'कपी' गरेको भन्दै आलोचना भइरहेको छ।

यता, ट्वीटरले भने मेटालाई कानुनी कारवाही गर्ने भन्दै पत्र पठाएको छ। ट्वीटरकी सिइओ लिन्डा याक्कारिनोले मेटाको थ्रेड्सको नाम उल्लेख नगरी उसले ट्वीटरको नक्कल गरेको आरोप लगाएकी छिन्।

'धेरै पटक हामी जस्तै देखिने प्रयास हुन्छ। तर ट्वीटर समुदायको कहिलै नक्कल हुन सक्दैन,' उनले लेखेकी छिन्। उनले ट्वीटरमा सबैको आवाजले महत्व राख्ने बताइन्।

ट्वीटरले मेटालाई पठाएको पत्रमा थ्रेड्स बनाउनका लागि ट्वीटरकै पूर्व कर्मचारीहरुले कागजपत्र र प्राविधिक सामाग्रीको दुरुपयोग गरिएको उल्लेख छ। मेटाले उनीहरुकै प्रयोग गरेर मेटाले थ्रेडस बनाएर आफ्नो 'इन्टेलेक्चयुअल प्रोपर्टी' र 'ट्रेड सिक्रेट' माथि नक्कल गरेको आरोप लगाएको छ।

यता मस्कले ट्वीट गर्दै ट्वीट गर्दै मेटाले प्रतिस्पर्धा छाडेर चोरी गरेको बताएका छन्।

मेटालाई चेतावनी दिँदै ट्वीटरले अबदेखि आफ्नो ट्रेड सिक्रेट र र गोप्य सूचना प्रयोग नगर्न भनेको छ।

तर, मेटाले भने ट्वीटरको आरोपलाई खारेज गरेको छ। मेटाकी प्रवक्ता एन्डी स्टोनले थ्रेड्सको इन्जिनियरिङ टिममा ट्वीटरका पूर्व कर्मचारीहरु नरहेको दाबी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell