PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

सियान-काठमाडौं सिधा हवाई उडान हुने



पहिलोपोस्ट

सियान-काठमाडौं सिधा हवाई उडान हुने

सांघाई : आइतवारदेखि काठमाडौं चीनको अर्को शहरबाट प्रत्यक्ष हवाई उडानले जोडिने भएको छ। तिब्बत एयरलाइन्सले सियान-काठमाडौं रुटमा सिधा उडान पुन: सुरु गर्न लागेको हो।

एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर पनि दिएको छ।

सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि ६९० युयान मात्र र सियान-काठमाडौं-सियान दुई तर्फी यात्राको ९९० तय गरेको छ। यो अवसर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेवसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइनेछ।

एयरलाइन्सले काठमाडौं सहित नेपालका पर्यटकीय गन्तव्यको बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान संचालन भएको जानकारी दिएको हो।

यसअघि काठमाडौंदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुन सुचारु भएको छ। त्यस्तै सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell