PahiloPost

Jul 23, 2024 | ८ साउन २०८१

कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ, दुई मन्त्रीले पनि लिए शपथ



पहिलोपोस्ट

कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ, दुई मन्त्रीले पनि लिए शपथ

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज  पद तथा गोपनियताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन्।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराएका थिए।

नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell