PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रतिनिधिसभा बैठक आइतवारसम्मका लागि स्थगित



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक आइतवारसम्मका लागि स्थगित

काठमाडौं : आजका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। आजको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिको विरोधमा सदन अवरुद्ध गर्दै आएको छ। एमालेकै अडानका कारण आजको राष्ट्रियसभा बैठक पनि स्थगित भएको थियो।

एमालेले बैठक संचालन गर्न नमानेपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित गरिएको हो। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो।

प्रतिनिधिसभाको अर्को बैठक असार २४ गते आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ।  राष्ट्रियसभाको अर्को बैठक पनि असार २४ गते बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell