PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

लुला सत्तामा आएपछि अमेजनमा वन विनाश घट्यो



पहिलोपोस्ट

लुला सत्तामा आएपछि अमेजनमा वन विनाश घट्यो

ब्राजिलमा पछिल्लो ६ महिनामा अमेजन क्षेत्रमा वन विनाश ३३.६ प्रतिशतले घटेको छ। लुइज लुला डी सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि जंगल क्षेत्रको संरक्षण बढेको हो।

पूर्व राष्ट्रपति जैर बोलसोनारोको समयमा अमेजनको विनाश बढेको थियो। उनको शासनकाल निकै विवादास्पद भएको थियो।  

पछिल्लो केही वर्ष अमेजनमा वन फडानी बढेको थियो। लुलाले सन् २०३० सम्ममा अमेजनमा वन विनाश बन्द गराउने घोषणा गरेका थिए। लुलाले सन् २०२३ को जनवरीमा राष्ट्रपति पद सम्हालेका थिए। उनले बोलसोनारोको अमेजन नीतिको विरोध गर्दै आएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell