PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

१४ बुँदे आन्तरिक प्रतिवद्धतासहित सकियो कांग्रेस जिल्ला सभापतिहरुको बैठक



पहिलोपोस्ट

१४ बुँदे आन्तरिक प्रतिवद्धतासहित सकियो कांग्रेस जिल्ला सभापतिहरुको बैठक

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न भएको छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहिवारबाट शुरु भएको बैठक शुक्रवार सकिएको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। 'नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि शुरु भएको जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज सम्पन्न भएको छ,' बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय– गगन थापा र शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता गरेका थिए।

बैठकमा कांग्रेस सुधारका कार्यक्रम, क्रियशिल सदस्यता कांग्रेसको सदस्यता बन्न चाहने कुनै पनि व्यक्तिले सदस्यता सहजै लिन सकिने, कांग्रेसको क्रियाशील सदस्यता नवीकरण, नयाँ क्रियाशीलता सदस्यता वितरण विषयमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell