PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा, कोको छन् टिममा?



पहिलोपोस्ट

इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा, कोको छन् टिममा?

काठमाडौँ: इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। १३ जुलाईबाट श्रीलंकामा हुने सुरु हुने प्रतियोगिताका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो।

आईसीसी विश्वकप छनोट खेलेर शुक्रवारमात्र नेपाली टोली नेपाल फर्किएको छ। विश्वकप छनोट खेलेका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने क्यानडा फ्रेन्चाइज लिग खेल्न जाने हुँदा इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने छैनन्। त्यस्तै देव खनाल, सूर्य तामाङ तथा सुन्दीप जोराले पुनरागमन गरेका छन्। त्यस्तै श्याम ढकालले टिममा स्थान बनाउँदा विश्वकप छनोट खेलेका ज्ञानेन्द्र मल्ल र करण केसी टोलीमा हुने छैनन्।

नेपाली टोली

कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउद, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलसन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell