PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

ललितलाई अन्तरार्ष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण



पहिलोपोस्ट

ललितलाई अन्तरार्ष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण

काठमाडौं : माल्दिभ्सको मालेमा जारी १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ केजी तौल समूहको शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका छन्। उक्त प्रतियोगितामा भारत दोस्रो, चौथा तथा पाँचौ भएका थिए भने अफगानिस्तान तेस्रो भएका थिए। असार २० देखि २४ सम्ममा चल्ने प्रतियोगितामा सुगठनका उपाध्यक्ष  वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेका थिए। दिनेश श्रेष्ठले नेपालको तर्फबाट अन्तराष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरि रहेका छन्।

शारीरिक सुगठनका अन्तराष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी धिमालले काठमाडौंमा असार ८ र ९ गते सम्पन्न ८ औ मि. हिमालय शारीरिक सुगठन प्रतियोगितमा ओभरअल बिजेता भई ५ लाख २५ हजार नगद पुरस्कारसमेत पाउन सफल भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell