PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

आज कहाँ कहाँ पर्छ पानी? यस्तो छ मौसम पूर्वानुमान



पहिलोपोस्ट

आज कहाँ कहाँ पर्छ पानी? यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं : आज देशभर मनसुनी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार बिहान कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक  देखि सामान्य बदली रहेको छ। कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने कोशी र गण्डकी प्रदेश लगायत देशका तराईका केही  स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको पनि जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell