PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कालीखोलाको पहिरो पन्छ्याइयो, आज बिहानदेखि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड



पहिलोपोस्ट

कालीखोलाको पहिरो पन्छ्याइयो, आज बिहानदेखि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड
FILE PHOTO : RSS

काठमाडौं : पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। ९ घण्टापछि आज बिहानदेखि सडकखण्ड संचालनमा आएको हो।

चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।

अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सवारीसाधनलाई एकतर्फी रुपमा संचालन गरिएको पनि बताए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरेका छन्।

यस सडकखण्डमा असार महिना लागेपछि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। पटक पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell