PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

डोटीको इन्द्रचोकमा विषालु च्याउ खाँदा ११ जना बिरामी



पहिलोपोस्ट

डोटीको इन्द्रचोकमा विषालु च्याउ खाँदा ११ जना बिरामी

काठमाडौं : डोटीको दिपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्।

बिरामी हुनेमा दिपायल सिलगढी-५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell