PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'हात्तीछाप' को छायाङ्कन सुरु



पहिलोपोस्ट

'हात्तीछाप' को छायाङ्कन सुरु

काठमाडौं: सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘हात्तीछाप’ को छायाङ्कन सुरु भएको छ। कोटेश्वरको बालकुमारीस्थित एक ग्यारेजबाट फिल्मको सुटिङ सुरु गरिएको हो।

करण नेपाली निर्माता रहेको फिल्मको छायाङ्कन १५ दिन काठमाडौं र १५ दिन पोखरामा गरिने बताइएको छ।

सामाजिक र कमेडी जनरामा बन्ने फिल्ममा प्रदीप भारद्धाजको लेखन रहेको छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल मुख्य भूमिकामा छन्। दया र बेनिशाले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन्।

त्यसैगरि, बुद्धि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय हुनेछ।

एकवर्षअघि किरणको निर्माणमा बनेको फिल्म ‘२ नम्बरी’ बक्सअफिसमा हिट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell