PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

तिनाउ पुल नजिकै २० वर्षीय युवक मृत फेला



पहिलोपोस्ट

तिनाउ पुल नजिकै २० वर्षीय युवक मृत फेला

बुटवल : बुटवलको तिनाउ पुल नजिकै आइतवार बिहान एक युवक मृत फेला परेका छन्।

बुटवल उपमहानगरपालिका-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक तिनाउ खोला किनारमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए। विकको शरीरमा बाहिरी चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell