PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

शीर्ष नेता सिंहदरबारमा वार्तामा बसेपछि सर्‍यो प्रतिनिधिसभाको बैठक



पहिलोपोस्ट

शीर्ष नेता सिंहदरबारमा वार्तामा बसेपछि सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं : शीर्ष नेताको वार्ताले प्रतिनिधिसभाको बैठक दुई घण्टा सरेको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वार्तामा जुटेका हुन्।

सिंहदरबारमा वार्ता सुरु भएपछि प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ बजेका लागि बोलाइएको बैठक सार्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेका थिए। त्यसपछि दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।

एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक लगातार अवरोध गर्दै आएको छ। व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाएको प्रचण्डले बताएपछि एमालेले विरोध गरेको हो।

एमालेको अवरोधका कारण मिटरव्याज सम्बन्धि विधेयक पारित गर्ने कार्यसुची नै प्रभावित भएको थियो। वैशाख २० मा सरकारले मिटरव्याज पीडितका समस्या समाधान गर्नका लागि अध्यादेश ल्याएको थियो। ६० दिनभित्र अध्यादेश निस्क्रिय हुने संविधानको व्यवस्था अनुसार निस्क्रिय भएपछि हाल कानुनी रिक्तताको अवस्था छ। एमालेले संघीय संसदमै प्रचण्डको राजीनामा मागेपछि संसदमा अन्यौलता देखिएको हो। एमालेले राजीनामा मागेपछि प्रचण्डले सत्ता गठबन्धनमा छलफल गरेका थिए भने शनिवार मात्र समाजवादी मोर्चाको बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell