PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राजीनामाको मागबाट एमाले चार दिनमै 'युटर्न' : प्रचण्डले जवाफ दिने, ओलीले अवरोध हटाउने



पहिलोपोस्ट

राजीनामाको मागबाट एमाले चार दिनमै 'युटर्न' : प्रचण्डले जवाफ दिने, ओलीले अवरोध हटाउने
फोटो : रासस।

काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको अवरोध हटाउने भएको छ। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी बैठकले अवरोध हटाउने सहमति गरेको हो।

आइतवार १ बजेका लागि बैठक बोलाइएको थियो। २ घण्टा बैठक सारेर शीर्ष नेता वार्तामा जुटेका थिए। अब बैठक ३ बजे बस्ने तय भएको छ।

बैशाख २० मा एमालेले प्रचण्डको राजीनामा माग्दै सदन अवरोध गरेको थियो। व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिमा एमाले आक्रामक बनेको हो।

आइतवारको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो उक्त अभिव्यक्तिबारे जवाफ दिने भएका छन्। प्रचण्डले जवाफ दिने भएपछि एमालेका अध्यक्ष ओली राजीनामाको मागबाट पछि हटेका हुन्।

एमालेले राजीनामा मागेपछि प्रचण्डले सत्ता गठबन्धनमा छलफल गरेका थिए। एमालेको अवरोधका कारण मिटरब्याजीसम्बन्धी कानुनी निष्क्रिय भएको थियो। बैशाख २० मा ल्याएको अध्यादेश असार २० मा निष्क्रिय भयो भने विधेयक पारित हुने सकेन।

एमालेले प्रतिनिधिसभामा बेला-बेलामा अवरोध गरेर आफ्ना मागलाई बलियो गरी उठाउने भएपनि सम्झौतामा लिएर टुंग्याउने गरेको छ। तत्कालीन सभामुख अग्नि सापकोटाको राजीनामा मागेर २०७८ मा दुई अधिवेशन एमालेले अवरोध गरेको थियो। तर बिनाउपलब्धि त्यतिबेला पनि एमाले पछि हटन बाध्य भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell