PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मर्निङवाकमा गएका मानिसलाई टार्गेट गरेर सिक्री लुट्ने समूह समातियो, ८ वटा घटनामा एउटै मोटरसाइकलको प्रयोग



पहिलोपोस्ट

मर्निङवाकमा गएका मानिसलाई टार्गेट गरेर सिक्री लुट्ने समूह समातियो, ८ वटा घटनामा एउटै मोटरसाइकलको प्रयोग

काठमाडौं : काठमाडौं उपत्यकाभित्र मोटरसाइकल प्रयोग गरेर सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहानको समय मर्निङवाकमा हिँडेका मानिसलाई 'टार्गेट' गरेर सिक्री लुट्ने समूहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रामेछापको लिखु गाउँपालिका घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरीको धरान घर भएका १८ वर्षीय रवि विश्वकर्मा, काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भएका २६ वर्षीय उमेश क्षेत्री, धनकुटा घर भएका ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षी श्रीकान्त माइती रहेका छन्।

रविन र रविले मोटरसाइकलमा बसेर बिहानको समयमा सिक्री लुट्ने गरेको देखिएको छ। लुटेको सुन बिक्री गर्ने देखि अन्य व्यवस्थापनको काम बाँकीले गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। अहिलेसम्मको अनुसन्धानमा असार १ गतेदेखि काठमाडौंको विभिन्न स्थानमा सिक्री लुटिएको खुलेको छ। विशेष गरेर उनीहरूको 'टार्गेट'मा मर्निङवाकमा निस्किएका महिला पर्ने गरेका थिए।

'बिहानको समयमा उनीहरूले मोटरसाइकलमा आएर रेकी गरि रकम लुटिने गरेको देखियो,' कार्यालयका एसएसपी मनोज केसीले भने।

उनीहरुको समुहले असार १ गते बिहान कपुरधारमा, टोखामा महिलाको सिक्री लुटेका थिए। त्यस्तै असार ३ गते काठमाडौंको नागार्जुनमा, असार १३ गते टोखामा, असार १९ गते टोखा, चक्रपथ, असार २० गते टोखा र काठमाडौंको चागलमा सिक्री लुटेका थिए। उनीहरुले विहान ४ बजेदेखि ६ बजेको समयमा लुटिएको देखिएको छ।

प्रहरीले उनीहरूको साथबाट लुटिएको सुन, मोटरसाइकल र मोबाइल बरामद गरेको छ। प्रहरीको अनुसन्धानमा उनीहरूले लुट्न एउटै मोटरसाइकल प्रयोग गरेको देखिएको छ। उनीहरुले डुक मोटरसाइकल प्रयोग गरेर गहना लुट्ने गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell