PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चेक रिपब्लिकमा 'गुँरास' लाई जुरी अवार्ड



पहिलोपोस्ट

चेक रिपब्लिकमा 'गुँरास' लाई जुरी अवार्ड

‘दि कार्लोभी भारी इन्टरनेश्नल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म ‘गुँरास’ ले जुरी अवार्ड पाएको छ। गत बुधवार वर्ल्ड प्रिमियर भएको यस फिल्मले चेक रिपब्लिकमा भइरहेको फेस्टिभलमा ‘प्रोक्सिमा स्पेश्ल जुरी प्राइज’ जितेको हो।  

प्रिमियरमा सहभागी हुन नेपालबाट निर्देशक सौरभ राईसहित मेनुका प्रधान चेक रिपब्लिक पुगेका थिए। यस फिल्ममा मेनुका गुँरासकी आमाको भूमिकामा देखिएकी छिन्। फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिकामा देखिँदा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ।  

नेपाली र भारतीय निर्माताको लगानीमा बनेको फिल्मको कथा निर्देशक राईले नै लेखेका हुन्। हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ।

‘गुराँस’ लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन्। कोलकाताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट डिप्लोमा गरेका निर्देशक राईले यसअघि ‘निम्तो’को निर्देशन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell