PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सञ्चार मन्त्रालयका सचिव राउत समातिए



पहिलोपोस्ट

सञ्चार मन्त्रालयका सचिव राउत समातिए

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ।

ब्युरोले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राउतलाई नियन्त्रणमा लिएको हो। ललिता निवास प्रकरणमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउपुर्जी लिइसकेको छ। रावललाई भने मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीमा प्रकरणमा जोडिएपछि पक्राउ गरिएको हो।

त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाको पुर्जी लिएको हो।

ललिता निवास प्रकरणमा प्रहरीले गत मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की लगायत १२ जनालाइ प्रहरीले पक्राउ गरिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell