PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो ‘एआई च्याटबट’



पहिलोपोस्ट

बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो ‘एआई च्याटबट’

बुटवल : बुटवल उपमहानगरपालिकाले सेवा प्रवाहलाई सहज र सरल बनाउन ‘एआई च्याटबट’ सञ्चालनमा ल्याएको छ। बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’सँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो।

च्याटबटको आइतवार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरे। च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवलका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि च्याटबट सञ्चालनमा ल्याइएको बताए।

उनले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन-कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताए।

कार्यक्रममा च्याटबटको उपयोगिताबारे बताउँदै यूएनडीपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए। उनले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाई गर्न सुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताए।

बुटवल उपमहानगरको फेसबुक पेजबाट एआई च्याटबट सेवाबारे जानकारी लिन सकिने उपमहानगरका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले बताए। च्याटबटबाट अहिले नागरिक बडापत्रबारेमा जानकारीमूलक विषयहरु राखिएको र आगामी दिनमा थप सेवा र सुविधाका बारेमा जानकारीहरु थप गर्दै लगिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell