PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एनभीए भलिबलको दोस्रो दिन: आर्मी र एपीएफको लगातार दोश्रो जित



पहिलोपोस्ट

एनभीए भलिबलको दोस्रो दिन: आर्मी र एपीएफको लगातार दोश्रो जित
तस्बिर: राखेप

काठमाडौँ: सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लगातार दोश्रो जित निकालेका छन्।

आर्मीले दोश्रो दिन दोश्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले हरायो। पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो।

यस्तै एपीएफले पनि आज भएको आफ्नो दोश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै थप ३ अंक जोडेको हो। पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो। हिजोको पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो।

प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् कलब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो। ३ पाकिस्तानी खेलाडी सहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङ्गलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गरेको हो।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको महिला तर्फको खेलमा एपीएफले आर्मीलाई ३–२ सेटले पराजित गर्दै अंक बाँढ्न बाध्य भयो। संघर्षपूर्ण खेलमा पहिलो र दोश्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेश्रो र चौथो सेट गुमाउन पुग्यो। आर्मीले तेश्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो। निर्णायक तथा पाँचौ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मी संग अंक बाँढ्न पुग्यो। आजको जितबाट एपिएफको २ अंक र हारका बावजुद पनि आर्मीको १ अंक भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो। डायमन्डले गण्डकीलाइ २५–१७, २५–१६, २५–१५ ले पराजित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell