
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन 'नाटो'को सदस्यताका लागि तयार भइनसकेको बताएका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले नाटोमा संलग्न हुन युक्रेन र रसियाबिचको युद्ध समाप्त हुनुपर्ने बताएका हुन्।
अहिलेकै अवस्थामा युक्रेनलाई नाटोको सदस्यता दिनु 'प्रिमेच्युअर' हुने भन्दै युक्रेनलाई युद्ध अन्त्यको दिशामा दोहोर्याउन सुरक्षा र हतियार उपलब्ध गराउने बताए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले नाटोको सदस्याका लागि 'लबिङ' गर्दै आएका छन्। तर, युरोप भ्रमणमा निस्कनु अघि बाइडेनले युक्रेनको चाहना अहिले पूरा नहुनेतर्फ इंगित गरेका छन्। युरोप भ्रमणका क्रममा लिथुयानामा हुने नाटो समिट बाइडेन सहभागी हुनेछन्। सो समिटमा युक्रेनको सदस्यता अपीलबारे चर्चा हुने एजेन्डा पनि छ।
अहिले युद्ध चलिरहेकै अवस्थामा युक्रेनलाई सदस्यता दिनु अपरिपक्व हुने भन्दै उनले यसबारेमा जेलेन्सकीलाई पनि प्रष्ट पारिसकेको बताए।