PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

चीनको किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या, मारिनेमा ३ बालबालिका पनि



पहिलोपोस्ट

चीनको किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या, मारिनेमा ३ बालबालिका पनि
File Photo

चीनको गुङडङ प्रान्तको एक किन्डरगार्टेनमा चक्कु प्रहार गरि ६ जनाको हत्या गरिएको छ। सो घटनामा एकजना घाइते भएका छन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले वु उपनाम गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

मृत्यु भएकाहरुमा एकजना शिक्षक, दुईजना अभिभावक र तीनजन विद्यार्थी रहेका छन्।

स्थानीय समय अनुसार सोमबार बिहान ७:४० मा घटना घटेको थियो। प्रहरीले संदिग्ध आरोपीलाई बिहान ८ बजे पक्राउ गरेको थियो।

चीनमा यसप्रकारका हिंस्रक अपराध निकै दुर्लभ मानिन्छ। तर पछिल्लो समय हिंस्रक अपराधका घटना केही बढेको छ। गत वर्ष अगस्तमा पनि किन्डरगार्टेनमा चक्कु प्रहार गरि तीनजनाको हत्या गरिएको थियो। सन् २०२१ को अप्रिलमा बिलिउ शहरमा पनि चक्कु प्रहार गरि दुईजना बालबालिकाको हत्या गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell