PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

जग्गाको विषयमा विवाद हुँदा देवरले गरे भाउजुको हत्या!



पहिलोपोस्ट

जग्गाको विषयमा विवाद हुँदा देवरले गरे भाउजुको हत्या!

बुटवल : पश्चिम नवलपरासीमा देवरले भाउजुको हत्या गरेका छन्। रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरियाका २७ वर्षीय चन्दन चौधरीले जग्गाको विषयमा विवाद हुँदा आफ्नै भाउजु २५ वर्षीया मिरा चौधरीको हत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ।

आइतवार साँझ जग्गाको विषयमा वादविवाद भइरहेका बेला देवर चन्दनले भाउजु मिराको टाउकोमा मोटरसाइकलको सकर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

उनका अनुसार चन्दनले प्रहार गरेको सकरले चोट लागी गम्भीर घाइते भएकी मिरालाई पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चन्दनलाई आइतवार रातिनै पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell