PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दीपेन्द्र के खनालले 'मेयर' बनाउने



पहिलोपोस्ट

दीपेन्द्र के खनालले 'मेयर' बनाउने

काठमाडौं : निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म बनाउने भएका छन्। उनले चलचित्र विकास बोर्डमा ‘मेयर’ शीर्षकमा फिल्म दर्ता गरिसकेका छन्। 

‘मेयर’ नाममा फिल्म दर्ता भए पनि कलाकारहरु 'फाइनल' गर्न बाँकी नै रहेको उनले बताए। फिल्ममा दीपेन्द्रका साथै सुरेन्द्र पाण्डेको लगानी रहनेछ।

‘अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ। अहिलेका लागि हामीले टाइटल मात्रै दर्ता गराएका हौं। कलाकारदेखि अन्य तयारी भने गर्न बाँकी नै छ,’ उनले भने।

स्थानीय तह निर्वाचनपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ चर्चामा छन्। यसअघि राजु गिरीले बालेन शाहबाट प्रेरित भएर ‘मेयर साब’ बनाउने घोषणा गरेका थिए। निर्देशक खनालले भने यो फिल्म कुनै मेयरलक्षित नभएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell