PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सदनमा आक्रोशित प्रचण्ड : स्पष्टीकरणको मौका नदिई राजीनामा माग्ने?



पहिलोपोस्ट

सदनमा आक्रोशित प्रचण्ड : स्पष्टीकरणको मौका नदिई राजीनामा माग्ने?

काठमाडौं : प्रितम सिंहको कार्यक्रमको बोलीका कारण राजीनामा माग्दै सदन अवरुद्ध पारेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल आक्रोशित सुनिएका छन्। सोमवारको सदनमा यस प्रकरणबारे स्पष्टीकरण दिन उभिँदै प्रचण्डले सांसदहरुको मर्यादाबारे प्रश्नसमेत गरे।

'स्पष्टीकरणको मौका नदिई राजीनामा माग्न,' प्रधानमन्त्री दाहालले प्रश्न गरे, 'संसदको मर्यादा यही हो?' प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै दाहालले अर्को प्रश्नसमेत गरे। 'के प्रतिपक्षीले राजीनामा माग्ने वित्तिकै प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने हो?' दाहालले प्रश्न गरे।

प्रश्नपछि प्रचण्डले आफू काउन्टरका लागि उपस्थित नभइ स्पष्टीकरणका लागि उपस्थित भएको उल्लेख गर्दै प्रितम सिंहसँगको सम्बन्धबारे खुलाउन थाले। आफ्नो जेठी छोरीलाई क्यान्सर हुँदा उपचारका क्रममा भारत जाँद सरदार प्रितम सिंहले भावनात्मक रुपमा तपाई प्रधानमन्त्री हुनुपर्छ भनी सद्भाव राखेको प्रचण्डले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell