PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रुपान्तरण अभियानकै कारण देउवा बैठक बोलाउन बाध्य भए : केसी



पहिलोपोस्ट

रुपान्तरण अभियानकै कारण देउवा बैठक बोलाउन बाध्य भए : केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टीको रुपान्तरण अभियानकै दबाबका कारण पार्टीमा केन्द्रीय समितिको बैठक बोलाइएको दाबी गरेका छन्। सोमवार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित नेपाली कांग्रेस रुपान्तरण अभियान : तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा नेता केसीले उक्त भनाइ राखेका हुन्। नेपाली कांग्रेसको विधानमा ६ महिनामा सबै विभागहरु गठन गर्नुपर्ने, हरेक २ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्नेमा त्यही नगरेर केन्द्रले नै विधान मिचेको उनको आरोप थियो। ‘नेपाली कांग्रेसको विधानले हरेक २ महिनाभित्र नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुपर्छ। तर आज ११ महिना १२ महिनापछि यही रुपान्तरण अभियानले बुढानिलकण्ठ पुगेछ,’ नेता केसीले भने, ‘२७ गते केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।’

उनले रुपान्तरण अभियान गुटरहित रहेको बताए। नेता केसीले पार्टीलाई वीपीकै बाटोमा हिडाउँनका लागि आफूहरु लागेको बताए।

‘रुपान्तरण अभियान कुनै गुटको होइन। रुपान्तरण अभियान गुटरहित छ। हामी जहाँ जान्छौँ त्यहाँ जिल्लाका सभापति, प्रदेशका सभापति वडाका सभापतिको सहभागितामा छलफलमा हामी अघि बढिरहेका छौँ,’ नेता केसीले भने।

यही अवस्थाले नेपाली कांग्रेस चल्न नसक्ने भन्दै पार्टीलाई विधान अनुसार चलाउनका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म लाग्नुपर्ने बताए।

विभिन्न काण्डमा मुछिएकाहरुलाई कांग्रेसले किन निलम्बन गर्दैन? भन्दै प्रश्न गरे। साथै पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको नेतृत्व गर्न आग्रह गरे।

आफूहरुले शुरुबाटै गठबन्धन गलत रहेको बताउँदा पनि नेतृत्वले नमान्दा अहिलेको अवस्था आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell