PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

क्रेमलिनविरुद्ध विद्रोह अन्त्य भएपछि भेटेका थिए पुटिन र प्रिगोजिन



पहिलोपोस्ट

क्रेमलिनविरुद्ध विद्रोह अन्त्य भएपछि भेटेका थिए पुटिन र प्रिगोजिन

रसियाका राष्ट्रपति भलाद्मिर पुटिन र वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनबिच भेट भएको छ।

जुन २६ मा वाग्नर समूहले पुटिनविरुद्ध विद्रोह घोषणा गरेको थियो। प्रिगोजिन पुटिनको शासन ढाल्ने भन्दै मस्को प्रवेश गर्ने प्रयास गरेका थिए। पछि बेलारुससँगको सहमति पछि प्रिगोजिन आफ्नो निर्णयबाट पछि हटेका थिए। त्यसयता प्रिगोजिन युक्रेनमा बस्दै आएको जनाइएको छ।

सो विद्रोहपछि पहिलोपटक पुटिन र प्रिगोजिनबिच भेट भएको क्रेमलिनले जनाएको छ। विद्रोह अन्त्य भएको पाँचदिन पछि पुटिनले ३५ जनालाई छलफलका लागि बोलाएको र त्यसमा प्रिगोजिनसमेत रहेका थिए। त्यसक्रममा पुटिनले युक्रेनविरुद्ध भइरहेको युद्धबारे कमान्डरहरुलाई निर्देशन दिएका थिए। वाग्नर प्रमुखले भने पुटिनलाई बिना शर्त आफूहरुको सहयोग रहने बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell