PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नाटो सदस्य बन्न स्वीडेनले दिएको निवेदनलाई टर्कीएको समर्थन, युक्रेन पनि एजेन्डा



पहिलोपोस्ट

नाटो सदस्य बन्न स्वीडेनले दिएको निवेदनलाई टर्कीएको समर्थन, युक्रेन पनि एजेन्डा
Photo : EPA

नाटोमा संलग्न देशका सरकार प्रमुखहरु लिथुआनियामा भेला हुँदैछन्। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा नाटोको सम्मेलन बस्न लागेको हो। नाटोमा हाल ३१ वटा देश आवद्ध छन्।

यो बैठकमा युक्रेनलाई नाटोको सदस्य बनाउने कि नबनाउने भन्नेबारेमा पनि छलफल हुने तय भएको छ। तर, युक्रेनले अहिले नै नाटोको सदस्यता पाउने देखिँदैन।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले नै नाटोको सदस्य बनाउनु अपरिपक्व हुने बताइसकेका छन्। उनले युक्रेनलाई नाटोको सदस्य बनाउन रसियासँगको युद्ध अन्त्य हुनै पर्ने बताइसकेका छन्। यस्तो अवस्थामा युक्रेनले जति लबिङ गरे पनि सम्मेलनमा अमेरिकी नीति नै हाबी हुने पक्का छ।

नाटोको सदस्यता नदिइएपनि युकेनलाई नयाँ सुरक्षा ग्यारेन्टीहरु भने दिने तयारी भइरहेको छ। युक्रेनलाई थप हतियार र बारुद दिनेबारे छलफल हुनेछ।

यता, स्वीडेनले नाटोको सदस्य बन्न दिएको निवेदनलाई टर्कीएले समर्थन गरेको छ। टर्कीएका राष्ट्रपति रेसिप एर्डोगेनको सो निर्णयको अमेरिका र जर्मनीले स्वागत गरेको छ। कुर्दिस लडाकूलाई समर्थन गरेको भन्दै यसअघि टर्कीएले स्वीडेनको निवेदनलाई अघि बढ्न रोक्दै आएको थियो।

सो सहमति पछि स्वीडेनले टर्कीएलाई युरोपियन युनियनको सदस्यता दिन पहल गर्ने भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell