PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ललिता निवास प्रकरणमा थप दुई कर्मचारी समातिए, अरु पनि खोज्दै प्रहरी



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा थप दुई कर्मचारी समातिए, अरु पनि खोज्दै प्रहरी

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलवार दुई जनालाई पक्राउ गरेको हो। नापीका दुई कर्मचारीहरू योगराज पौडेल र नारायणदत्त मिश्रलाई नियन्त्रणमा लिइएको हो। उनीहरू सो प्रकरणको समयमा नापी विभागमा कार्यरत थिए।

'तात्कालीन नापी विभागमा कार्यरत दुई कर्मचारीहरुलाई पक्राउ गरेका छौं,' ब्यूरोका एसएसपी दिनेश आचार्याले भने।

प्रहरीले १४३ रोपनी जग्गा हिनामिनामा चारवटा मुद्दा बनाएर अनुसन्धान गरिरहको छ। जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तात्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरि नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा गरिएको देखिएको भन्दै प्रहरीले केही समयदेखि अनुसन्धान गरिरहेको छ।

यस प्रकरणमा अहिलेसम्म १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत १२ जना छन्।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४०६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २०९ जनाको पक्राउ पूर्जी लिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell