PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त, पाँच मेक्सिकन नागरिकसहित ६ जना थिए सवार



पहिलोपोस्ट

सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त, पाँच मेक्सिकन नागरिकसहित ६ जना थिए सवार

काठमाडौं : मंगलबार बिहानैदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सुर्के नजिकै फेला परेको छ। लिखुपिके गाउँपालिकामा हेलिकप्टर भेटिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले सो हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लागेको बताए। हेलिकप्टर दुर्घटनास्थलमा पाँचजनाको शव फेला परेको बताइएको छ। यसबारेमा विस्तृत विवरण आउन बाँकी छ।

कम्पनीका सुरक्षा प्रवन्धक राजु न्यौपानेका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा नेपाल प्रहरीको टोली देउराली भन्ज्याङमा परिचालन भइसकेको छ।

हेलिकप्टर क्याप्टेन चेत गुरुङको कमाण्डमा रहेको थियो। पाँच जना मेक्सिकन नागरिक लिएर हेलिकप्टर सोमबार माउन्टेन फ्लाइटका लागि लुक्ला पुगेको थियो। यो हेलिकप्टर काठमाडौं उडान अघि सुर्के आएर बसेको थियो।      

९एन-एएमभी कलसाइनको हेलिकप्टर मङ्गलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुेर्केबाट काठमाडौं उडान गरेको थियो। उडान गरेको १५ मिनेटमै सम्पर्क विहीन भएपछि काठमाडौंबाट खोजीका लागि अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell