PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बंगलादेश जाँदै ३१ सदस्यीय नेपाली फुटबल टोली, साफको फाइनलपछि पहिलो पटक हुँदैछन् आमनेसामने



पहिलोपोस्ट

बंगलादेश जाँदै ३१ सदस्यीय नेपाली फुटबल टोली, साफको फाइनलपछि पहिलो पटक हुँदैछन् आमनेसामने
Photo: NSJF

काठमाडौं : नेपाली महिला फुटबल टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। साफ च्याम्पियनसिपपछि नेपाली महिला टोलीले पहिलो पटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। साफको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ गोलअन्तरले हराउँदै पहिलो पटक साफको उपाधि उचालेको थियो।

बंगलादेशमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न आज ३१ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ। ढाकामा नेपालले पहिलो मैत्रीपूर्ण खेल बिहीवार र दोस्रो खेल आइतवार खेल्नेछ।

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ।

महिला फुटबल टोली

गोलकिपर : एन्जिला तुम्बाफो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

प्रशिक्षक : अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell