PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पर्सामा ८८ लाखमा बन्यो १६ डोम परिवारका लागि एकीकृत वस्ती



पहिलोपोस्ट

पर्सामा ८८ लाखमा बन्यो १६ डोम परिवारका लागि एकीकृत वस्ती

वीरगंज : पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले पाँच वर्षमा नगरपालिकाको पाँच स्थानमा एकीकृत नमूना बस्ती निर्माण गर्ने बताएका छन्। नगरपालिकाको वडा ६ मा निर्मित नमुना एकिकृत डोम बस्तिको साँचो हस्तान्तरण कार्यक्रममा पाठकले पिछडिएका वर्गहरुका लागि नमुना बस्तीको निर्माण गर्ने बताएका हुन्।

आर्थिक वर्ष २०७९/८० को नगर योजनाबाट ५ कठा जग्गा क्षेत्रफलमा ८८ लाख रुपैयाँको लागतमा पर्सागढी नगरपालिकाले १६ घर परिवारको लागि ३२ वटा सुविधा सम्पन्न आज घर हस्तान्तरण  गरेको हो। पाठकले चुनावको समयमा आफूले डोम परिवारको बसोबासको समस्या हटाउने बताएको र सोही अनुसार प्रतिबद्धता पूरा गरेको दाबी गरे।

स्थानीयले घर हस्तान्तरपछि खुशी व्यक्ति गरेका छन्। ४० वर्षीय वृजेश राउतले भने, ' पहिला हामी झुपडीमा जीवन निर्वाह गर्न बाध्य थियौं। अहिले हामीहरुको लागि पर्सागढी नगरपालिकाले भवन निर्माण गरेर सराहनीय कार्य गरेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell