PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कपिलवस्तुमा सर्पले डसेर दाजुभाइसहित चार जनाको मृत्यु



पहिलोपोस्ट

कपिलवस्तुमा सर्पले डसेर दाजुभाइसहित चार जनाको मृत्यु

बुटवल : कपिलवस्तुमा विषालु सर्पले डस्दा मंगलवार दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका-१ कपासीका ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलले जानकारी दिए। उनीहरू दाजुभाइ हुन्।

हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमवार राति सर्पले डसेको थियो। परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए।

पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो। बुटवल ल्याउँदै गर्दा एक जनाको बाटोमै र अर्काको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

त्यस्तै, महाराजगञ्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा उनको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका-१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक घलेले बताए।

दुवै जनालाई गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लगे पनि ढिलो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुलाई सोमवार दिउँसो र साँझ सर्पले डसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell