PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुर्केबाट उडेको हेलिकप्टर लामजुरामा कसरी भयो दुर्घटना? शवलाई काठमाडौं ल्याइँदै



पहिलोपोस्ट

सुर्केबाट उडेको हेलिकप्टर लामजुरामा कसरी भयो दुर्घटना? शवलाई काठमाडौं ल्याइँदै

काठमाडौं : सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयर हेलिकप्टर दुर्घटना भएको छ। आज बिहान सुर्केबाट उडेको विमान वेपत्ता भएपछि खोजी टोली परिचालन गरिएको थियो। हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा सोलुखुम्बुकै लामजुरामा भेटिएको हो।

हेलिकप्टरमा चालक एकजना सहित पाँचजना मेक्सिकन नागरिक सवार थिए। दुर्घटनास्थलबाट ६ जनाकै शव फेला परेको छ। शवलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

९एन-एएमभी कलसाइनको हेलिकप्टर मंगलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुर्केबाट काठमाडौं उडान गरेको थियो। उडान गरेको १५ मिनेटमै सम्पर्कविहीन भएपछि खोजीका लागि अर्को हेलिकप्टर गएको थियो।

नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक विवरण अनुसार सो हेलिकप्टरको दुर्घटना मौसम एक्कासी प्रतिकुल हुँदा भएको देखिएको छ।

‘मौसमी प्रतिकुलताका कारण  दुर्घटना भएको प्रारम्भिक अनुमान छ’ प्राधिकरणका एक कर्मचारीले भने, ‘यसको थप विवरण आउन बाँकी नै रहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell